अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २८, शनिबार १६:०६

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेट माथि छानविनका लागि गठन भएको कार्यदलको संयोजकबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

शनिबार बसेको मधेस प्रदेशसभा बैठकमा कार्यदलका बिषयमा लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताउनुभएको हो ।

सभामुख मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सभामा अवरोध गरेका थिए ।

अवरोधपछि सभामुख मण्डलले कार्यदलले विभिन्न काम गर्नुपर्ने तर आफुसंग समय नरहेकाले संयोजक पदमा रहन नसक्ने बताउनुभयो ।

प्रतिपक्षीको अवरोधका बाबजुत सभामुख मण्डलले सभा अघि बढाउन खोजेपछि प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । त्यसपछि उहाले सभा स्थगित गर्नुभयो । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन केहिदिन अघि प्रदेशसभाले ६ सदस्य कार्यदल गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार