अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २८, शनिबार १२:३६

आज बारा, पर्सा, रौतहट, काठमाण्डौ, ललितपर, भक्तपुर, दोलखा, सिन्धुपाञ्चोक, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नवाकोट, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, बैतडी, डोटी, बझाङ जिल्लामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुईठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

मुख्यगरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार