अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २७, शुक्रबार १५:५४

सत्ताधारी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफना मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई दुर्व्यवहार गर्ने सर्लाहीका एसपीलाई कारवाही नभए आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

जनकपुरधाम स्थित पार्टीको मधेश प्रदेश कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीका केन्द्रिय तथा मधेशका पदाधिकारीहरुले जनताको जनगुनासो अनुसार मधेश अध्यक्ष यादवले जिल्लाका एसपीलाई कुरा राख्दा मधेशी भनेर हेपेको र पहिलो गाली शब्द प्रयोग गरेपछि स्थिती विग्रिएका पुर्व जनप्रतिनिधि र सत्ताधारी पार्टीको मधेश अध्यक्षलाई मर्यादा नगर्ने प्रहरी प्रमुखलाई कारवाहीको माग गरेका छन् ।

गत असार १९ गते पुर्वाधार विकास कार्यालयमा राती प्रहरीको घेरा भित्र कार्यालय प्रमुखले गेटमा ताल्चा लगाएर कार्यालय सञ्चालन गरिरहेको र सर्वसाधारण भन्दा कमिसनको काम मात्र गरिरहेको विषयमा जानकारी लिन सर्लाहीका एसपी योगेन्द्र कुमार खडका फोनमा बुझन खोज्दा जसपा अध्यक्ष यादव र एसपी बिच गालीगलौज को स्थिति उत्पन्न भएको थियो । जसपाले पहिला एसपीले मधेशी भन्दै गाली गरेको आरोप लगाएको छ ।

मधेशमा असार मसान्तमा कमिशन दिनेको मात्र काम हुने र त्यसको संरक्षक पुलिस प्रशासननै बन्न थालेको आरोप लगाउँदै त्यस विरुद्व बोल्नु जनताको सेवा रहेको उनीहरुको तर्क छ । मुद्दा खारेजी र एसपीलाई कारवाही हुनुपर्ने जसपा मधेशको माग छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार