अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २७, शुक्रबार १३:५३

काठमाडौं ।
भारतीय फिल्म ‘उदयपुर फाइल्सः कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् ।
मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पु¥याउन सक्ने बताइएको छ ।
फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु–मुस्लिम दंगा देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो ।
‘हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् । यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पु¥याउन सक्छन्’ पत्रमा उल्लेख छ, ‘त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं ।’
बोर्ड अध्यक्ष दिनेश डीसीले पनि पत्र आफूकहाँ आइपुगेको जनाउँदै यसप्रति ध्यानाकर्षण भएको बताए । ‘उहाँहरूले नेपालमा फिल्म आइहाले रोक लगाउन भन्नुभएको छ’ उनले भने ।
भारतमा भने यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ । यो क्राइम थ्रीलर फिल्मलाई एस श्रीनात र जयन्तसिंहले निर्देशन गरेका हुन् । जसलाई अमितजानीले निर्माण र रिलायन्स इन्टरटेनमेन्टले वितरण गरेका छन् ।
यसले राजस्थानको उदयपुरमा सन् २०२२ मा भएको दर्जी कन्हैया लालको वास्तविक जीवन र क्रूर हत्यालाई नाटकीय रूपमा प्रस्तुत गर्दछ । नुपुर शर्मालाई समर्थन गर्ने सामाजिक सञ्जाल पोस्टको बदला लिने आरोप लगाइएको कथावस्तु यसमा छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार