अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २७, शुक्रबार १२:०८

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई अनुशासनको कारबाही अघि बढाएको छ।

गैर आवासीय मधेसी सङ्घका पूर्व संयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) तथा केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) लाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो।

उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले ७ दिन भित्र लिखित जवाफ माग गर्दै स्पष्टीकरण सोधेका हुन्।

विगत केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुका साथै पार्टीको नीति निर्देशन र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिराख्नुभएको उनीहरूमाथि आरोप छ।

पत्रमा भनिएको छ, ‘पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्नता भएको हुँदा पार्टीको विधानको धारा ३९ (क) को उपधारा २,३,४,५, १० र १५ आकर्षित हुने हुँदा तपाईँलाई किन कारबाही नहुनुपर्ने हो भनी ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध छ।’

अध्यक्ष राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई मनोनयन गरेपछि जनमतभित्र विवाद चर्किएको छ।

असन्तुष्ट र यसअघि नै कारबाहीमा परेका नेताहरूले बेग्लै अभियान चलाउनेसम्मको तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार