अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २७, शुक्रबार ०८:५८

मधेश प्रदेशको बजेट पारित नहुँदै किचलो झनै बढ्दै गएको छ । बिहीबार बसेको मधेश प्रदेशसभाको बैठक पनि बजेटमाथि छलफल नहुँदै स्थगन भएको छ । बजेटमाथि छलफल गर्न बैठक बस्दै स्थगन भएको यो पाँचौँ पटक हो ।

बजेटमा विचौलिया हाबी भएको विपक्षी दलहरूले आरोप लगाएपछि छानबिन गर्न सरकार सहमत भएपछि बिहीबार प्रदेशसभाको बैठक बसेको थियो । पूर्वसहमति अनुसार सभामुख रामचन्द्र मण्डलले आफ्नै नेतृत्वमा छ सदस्यीय कार्यदल गठन गरी आफ्नै समकक्षी पार्टीबाट मन्त्रीसमेत बनेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राख्दा विपक्षी दल आक्रोशित हुँदै आपत्ति जनाएपछि सो बैठक १० मिनेटसम्मका लागि स्थगन भएको थियो ।

मधेश प्रदेश सरकारको आगामी बजेटमाथि अझै छलफल शुरु हुन सकेको छैन । बिहीबार पाँचौँ दिन पनि प्रतिपक्षी दलको अवरोधका कारण मधेश प्रदेशसभा बैठक स्थगन भएको छ । बिहीबारको बैठकमा प्रतिपक्ष दलले कार्यदल गठनमा असहमति जनाएपछि सभामुख मण्डलले दस मिनेटका लागि स्थगन गरे पनि आगामी शनिबार १ बजे सम्मका लागि बैठक स्थगन गरिएको छ ।

प्रतिपक्षको ६ दलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विचौलिया हाबी भएको आरोप लगाउँदै आएको छ । सोही विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाका सांसदले बजेटको विरोध गर्दै आएका छन् ।

सो कार्यदलका सदस्य तथा नेकपा एकीकृत समाजवादी मधेश प्रदेशका प्रमुख सचेतक कनिश पटेलले सरकारको नियत खराब भएकै कारण कार्यदलमा मन्त्रीलाई राखेको बताएका छन् । उनले भने, ‘बजेटमा बिचौलियाको प्रभाव रहेको प्रस्ट भयो । सरकारले आफ्नो गलत काम जोगाउनका लागि कार्यदलमा मन्त्रीलाई राखिएको छ,’उनले भने,‘जोमाथि छानबिन गर्नु छ उसैलाई कार्यदलमा राखेपछि कसरी हुन्छ

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार