अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २५, बुधबार १५:३७

जनकपुरधाम ।
पत्रकार दिवाकर साहमाथि महोत्तरीको जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघका केन्द्रिय कमिटी सहित विभिन्न कमिटीले विरोध गरेको छ ।
महासंघका केन्द्रिय महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा
पेशागत धर्म निर्वाहका क्रममा कुनै पनि किसिमले अवरोध पु¥याउनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । यस्ता हर्कतको सधैँ निन्दा गर्दछ र दुव्र्यवहारमा संलग्नको पहिचान गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायसँग माग गरेको उल्लेख रहेको छ ।
महासंघ पत्रकार साहलाई पनि कर्तव्य पालनाका क्रममा पत्रकार आचारसंहिता पालना गर्न अनुरोध गर्दछ ।
यसैगरी महासंघका मधेश प्रदेश सचिव शैलेन्द्र महतो क्रान्तिले पनि प्रेस विज्ञप्ति जारी गरी पत्रकारमाथि दूव्र्यवहार गर्नेलाई कडा कारवाहीको माँग गरेका छन् । प्रेस स्वतन्त्रता विरोधी गतिविधि आफूहरुलाई मान्य नरहेको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
महोत्तरी शाखाले पनि सो घटनाको निन्दा गरेको छ । सो शाखाका सचिव रामनारायण महतोद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार साहमाथि जुनसुकै बहानामा गरिएको यस्ता हर्कत दण्डहीनताको परकाष्ठा रहेको उल्लेख रहेको छ । दुव्र्यवहार घटनामा संलग्न रहेकाहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन तथा घटनाको निष्पक्ष छानबीन गर्न पनि माँग गरिएको छ ।
असार २३ गते पूर्वाधार विकास कार्यालयमा समाचार संकलनका लागि जाँदा पत्रकार साहमाथि दूव्र्यवहार गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार