अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २५, बुधबार ०९:३४

स्नेहा निधि
जनकपुरधाम ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश समितिद्वारा आयोजित पर्यटन प्रचार–प्रसार तथा अन्तरक्रिया कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समारोहको उदघाटन गर्दै पर्यटनको माध्यमले मधेशको विकास गर्ने बताउनुभयो । विकासका लागि सबै आधारभूत तत्व चाहियो तर मधेशमा जुन रुपमा ऐतिहासिक स्थलहरु रहेको छ त्यसको प्रचार प्रसार मात्र गर्न सक्यो भने लाखो भारतीय र अन्य देशका पर्यटक ल्याउने बताउँदै उहाँले भन्नुभयो – बाहिरबाट आउने पर्यटकलाई अतिथित्वमा कन्जुसी हुनुहुँदैन ।
मिथिला र अयोध्याको सम्बन्धको चर्चा गर्दै मुख्यमन्त्रीले अयोध्या आउने पर्यटकलाई जनकपुरधाम र यो क्षेत्रमा ल्याउने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पर्यटकलाई ल्याउन हामी कुरा गरिरहेछु अर्को तर्फ महोत्तरीको भिट्ठामोडमा पर्यटकलाई कुटपीट गर्ने गरिन्छ हामी कस्तो आतिथित्वको कल्पना गरिरहेको प्रश्न गर्नुभयो । पर्यटकसँग दुव्र्यवहार गर्नेलाई कडा कारवाहीको समेत उहाँले माँग गर्नुभयो ।
महासंघको मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा भएको समारोहमा जनकपुरधामका होटल व्यवसायी दशरथ साहलाई कदरपत्र प्रदान गरियो ।
यसैबिच होटेल तथा पर्यटन व्यवसायी संघ धनुषा जिल्लाको अध्यक्षमा रुपेश सिंहलाई सर्वसम्मती रुपमा चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार