अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २४, मंगलवार ११:०६

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश गरेको भन्दै सतर्कता अपनाउन अलर्ट जारी गरेको छ।

विभागका अनुसार मंगलबार बिहान करिब ३:३० बजे रसुवा–स्याप्रुवेसीस्थित जलमापन केन्द्रमा बाढीको प्रवेश देखिएको थियो। त्यही बाढी बिहान ५ बजे त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रसम्म आइपुगेको महाशाखाले जनाएको छ। विभागका अनुसार बेत्रावती केन्द्रमा जलसतह करिब साढे दुई मिटरले वृद्धि भएको थियो, यद्यपि हाल केही घट्दो क्रममा रहेको उल्लेख गरिएको छ।

बाढीको प्रभाव त्रिशूली नदीको बुढीगण्डकी दोभान (वेनिघाट) आसपाससम्म पर्ने देखिएको छ। विभागले आज दिउँसोसम्म यस क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको जनाएको छ।

बाढी पूर्वानुमान शाखाले यो घटनाको नियमित अनुगमन गरिरहेको र बाढीको सम्भावित कारणबारे प्रारम्भिक अध्ययन सुरु गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार