अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २४, मंगलवार ११:०५

एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनले आपत्ति जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार भनेका छन्, ‘तिब्बतसँग सम्बन्धित मुद्दामा चीन सरकारको अडान दृढ र स्पष्ट छ । १४औँ दलाई लामा राजनीतिक रूपमा निर्वासित व्यक्ति हुन्, जो लामो समयदेखि चीनविरुद्ध गतिविधिमा संलग्न छन्, जो धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न चाहन्छन् ।’
माओ निङले भारतले तिब्बतसँग सम्बन्धित मुद्दाको संवेदनशीलतामा सचेत हुनुपनर्ने बताउँदै १४औँ दलाई लामाको चीनविरोधी र पृथकतावादी प्रकृति स्पष्ट रूपमा देख्नुपर्ने उल्लेख गरेका छन् ।
माओ निङले अगाडि भनेका छन्, ‘भारतले तिब्बतसँग सम्बन्धित मुद्दामा चीनसँग गरेका प्रतिबद्धताको सम्मान गर्नुपर्छ र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न यी मुद्दाको प्रयोग बन्द गर्नुपर्छ ।’
भारतका प्रधानमन्त्री मोदीले जुलाई ६ मा १४औँ दलाई लामालाई उनको ९०औँ जन्मदिनको शुभकामना दिएका थिए । केन्द्रीय मन्त्री किरेन रिजिजुसहित धेरै नेताले धर्मशालामा उनको जन्मदिन समारोहमा भाग पनि लिएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार