अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २४, मंगलवार १०:५९

छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।

यस्तै भन्सारमा राखिएका गाडी पनि बगाएको र तर कति बगायो भन्ने तथ्याँक आउन आउन बाँकी रहेको उहाँको भनाइ छ । अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने उहाँले बताउनुभयो ।

नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । यस्तै त्रिशूली नदीमा पनि बाढीको जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार