अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २४, मंगलवार १०:४०

भारतीय राज्य बिहारको पूर्णियामा बोक्सी भएको आरोपमा एकै परिवारका ५ जनाको निर्मम हत्या गरिएको छ । मृतकमा तीन महिला र दुई पुरुष छन् । घटनापछि गाउँमा शोक छाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गाउँका मानिसले बाबुलाल ओराँवकी आमालाई बोक्सी भएको आरोप लगाई परिवारै मारेका छन् । पहिले उनीहरूलाई कुटपिट गरियो र पछि जिउँदै जलाइएको छ । निर्मम हत्यापछि मृतकहरूको शव कुनै सुनसान ठाउँमा गाडिएको थियो । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार भारतीय प्रहरीले मुफस्सिल प्रहरी चौकी क्षेत्रको राजीगन्ज पञ्चायतको तेटगामा वार्ड–१० को उक्त दर्दनाक घटना भएको जनाइएको छ ।

घटनापछि प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ । मृतकहरूमा सीता देवी (४८ वर्ष), बाबुलाल ओराँव (५० वर्ष), कातो देवी (६५ वर्ष), मनजित ओराँव (२५ वर्ष) र रानी देवी (२३ वर्ष) छन् । मृतक महिलाका छोरा सोनुका अनुसार गाउँका केही मानिसले उनकी हजुरआमाले कालो जादू गर्ने गरेको शंका गरेका थिए ।

आइतबार राति गाउँका प्रमुख नकुल ओराओनको नेतृत्वमा एक बैठक बोलाइयो, जसमा हजुरआमालाई बोक्सी भएको आरोप लगाइयो। गाउँका करिब २०० जना बैठकमा उपस्थित थिए। यस क्रममा कातो देवीलाई बोक्सी भएको आरोप लगाउँदै परिवारका अन्य सदस्यलाई पनि बोलाइएको थियो । गाउँलेहरूले सोनुकी हजुरआमाको सहयोगको याचना सुनेनन् र परिवारका सबै सदस्यलाई कुटपिट गर्न थाले ।

पहिले सबैलाई लाठीले निर्ममतापूर्वक कुटपिट गरिएको थियो । त्यसपछि परिवारका सबै सदस्यलाई पेट्रोल छर्केर जिउँदै जलाइयो। सबैको मृत्यु भएपछि शव ट्याक्टरले लगेर सुनसान ठाउँमा फालिएको थियो । सोनुले भागेर ज्यान जोगाएका थिए । त्यसपछि सोनुले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार