अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २३, सोमबार १७:०९

प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेतादेखि प्रहरी अधिकृतहरूका घरमा सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरूलाई घरेलु काममा लगाइएको छ,’ सांसद साहले भने, ‘बन्दुक देश र जनताको सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरूलाई नेताहरूको घरमा चाकडी गर्न लगाउँदा, प्रहरीकै उच्च ओहदाको व्यक्तिको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ भनेर प्रश्न गर्न चाहन्छु, म दुईतिहाइको सरकारलाई सोध्न चाहन्छु ।’

उनले गृहमन्त्री रमेश लेखकलाई कटाक्ष गर्दै गृह मन्त्रालयको कमान्ड सुरक्षा निकायमा भए–नभएको बारे पनि प्रश्न गरे ।

‘माननीय गृहमन्त्रीसँग सोध्न चाहन्छु– के तपाईंहरूको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?,’ साहले प्रश्न गरे, ‘तपाईंहरूको सरकार कानुनअनुसार चल्छ कि चल्दैन ? कानुनअनुसार चल्छ भने यस्तो अमानवीय व्यवहार कसरी भइरहेको छ ?’

उनले प्रहरीका डीआईजीभन्दा माथिल्लो पदमा रहेका अधिकृतहरूका घरदेखि सांसदका सवारी साधन चलाउनेदेखि घरको काममा  सिपाहीलाई लगाइएको दाबी गरे ।

‘डीआईजीभन्दा माथि सबै अफिसरको घरमा ड्राइभर पनि प्रहरी जवान हुने, घरको काम गर्ने पनि प्रहरी जवान हुने, नेताज्यूहरू पनि हेरिहेरी,’ सांसद साहले भने, ‘यो संसद्मा भएका कयौँ सांसदहरू गाडी पनि प्रहरीले चलाइरहेका छन् । अहिलेको मौजुदा कानुनले मिल्छ कि मिल्दैन ?’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार