अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २३, सोमबार १६:२५

मधेश प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै रहेको छ ।

अगामी आ.व.का लागि प्रस्तुत बजेट प्रदेशको हित विपरित रहेको भन्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल सहितका विपक्षीदलहरुले सदन अवरुद्ध गर्दै आएको छ ।

सरकारले ल्याएको बजेटमा बिचौलिया हावी भएको, अनुत्पादक क्षेत्रमा बढी बजेट विनियोजन भएको जस्ता आरोप लगाउदै विपक्षीदलहरुले बैठक चल्न दिएको छैन |

उनिहरुले बजेटको पुनर्लेखन नभए सम्म सदन चल्न नदिने बताएका छन । बैठक शुरु हुन साथ प्रमुख प्रतिपक्ष दलका प्रदेश सभासदस्य सुरिता साह, नेकपा माओवादीका सुनिता यादव , नेकपा एकीकृत समाजवादीका बेची लुङगेली र संघीय समाजवादी पार्टीका बिमला अन्सारीले बजेट संघीयता र प्रदेश विरोधी रहेको भन्दै पुर्नलेखन नभए सम्म प्रतिपक्षीको अवरोध जारी रहने बताए ।

प्रतिपक्षीदलका सदस्यहरु बैठकमा उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले भोली मंगलवार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार