अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २३, सोमबार १०:५९

काठमाडौं ।
देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था हटाउन माग गर्दै व्यवसायीहरूले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेका थिए । उनीहरूको माग सम्बोधन नभएपछि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार पाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले पनि नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन । पछिल्लो पटक गत बिहीबार महासङ्घले मूल्य सार्वजनिक गरेको थियो । त्यसयता सुनचाँदीको मूल्य सार्वजनिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार