अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २२, आईतवार १४:३७

नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि आरोपै आरोप लगाएका छन् ।

नेता निधिले हिजो पत्रकार सम्मेलन गरेर राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन नेता महासेठक बन्न नदिन विभिन्न चलखेल गरेको आरोप लगाएपछि आज नेता महासेठले पत्रकार सम्मेलन गरेर नेता निधि विकास विरोधी मानसिकतावाट ग्रसित रहेको आरोप लगाएका छन् ।

आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै नेता महासेठले पटक–पटक विकास विरोधी काम गर्ने अरुमाथि आरोप लगाउनु लाजास्पद रहेको टिप्पणी गरे । उनले जनकपुरधामको फोहर मैला व्यवस्थापन हुन नसक्नु देखि लिएर दुर्गानन्द झा समेतलाई अव्हेलना गर्ने नेता निधि रहेको बताए । उनले जनकपुरधामको गंगा सागरको डिलमा करिव एक कठ्ठा जग्गामा स्वर्गीय रामनारायण मिश्रको स्मृति भवन बनाउने, दुर्गानन्द झाको जटहीमा बन्नलागेको स्मृति भवनको विरोध गर्ने र गराउने नेता निधि नै रहेको आरोप लगाए ।

उनले भने–‘रामनारायण मिश्र जुन पार्टीको भएपनि मुलुककोलागि गर्नुभएको योगदान, जनकपुरधामबासीकोलागि गर्नुभएको योगदान अविस्मरणीय छ, उहाँको स्मृति भवन एक कठ्ठामा नभई नेता निधिको परिवारको नाममा बनाइएको जस्तो हुनुपर्यो ।’ जनकपुरधाममा बनेको महेन्द्रनारायण निधि मिथिला सांस्कृति भवन झै रामनारायण मिश्रको स्मृति भवन बन्नुर्पे उनको तर्क थियो ।

उनले नेता निधिकै परिवारका कारण प्रजातान्त्रिक आन्दोलनका वीर शहीद दुर्गानन्द झाको एउटा राम्रो शालिक समेत बनाउन नसकेको आरोप लगाए । नेता निधिले आफ्नो परिवार भन्दा ठूलो कद कसैको नहोस भनेर विभिन्न समयमा खुरापात गर्दै आएको उनको आरोप थियो ।

जनकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन बारे नेता निधिले दिएको अभिव्यक्ति उनको पर्सनल रहेको नेता महासेठले टिप्पणी गरे । राजर्षि जनक विश्वविद्यालय नेता निधिले नल्याएको दावी गर्दै नेता महासेठले नेता निधि आफ्नो वाह वाहीकालागि झुठ बोलेको आरोप समेत लगाए । प्रशासनिक भवन फुलगामाको मनियारीमा बनोस वा अन्य ठाउँमा तर बन्नुपर्ने उनको तर्क थियो ।

नेता निधिले हिजोको पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ र ४ वाट बिजयी प्रतिनिधिसभा सदस्यहरु राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनियारीवाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए । तर, नेता महासेठले विश्वविद्यालय सम्पूर्ण मिथिला मधेशबासीको परिकल्पना रहेका कारण आपूmले त्यस्तो सोच नराखेको टिप्पणीगरे ।

नेता महासेठले भने–‘विमलेन्द्र निधि जी मेरो मित्र हो, म उहाँलाई सम्मान गर्छु तर, उनको पछिल्लो समय आएको अभिव्यक्ति गैर राजनीतिक र परिकल्पनाले परिपूर्ण रहेको छ ।’ नेता निधिले विकास निर्माणको काममा अवरोध मचाउने बाहेक अन्य काम नगरेको उनको आरोप थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार