अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २२, आईतवार १४:३५

रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलशैया–सिम्री सडक खण्डको जङ्गल क्षेत्रबाट लागू औषधसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

शनिवार साँझ ६:१५ बजेमा सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैयाबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा दुई जनाको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका–८ निवासी १८ वर्षीय माइला भनिने नव बहादुर वाइबा र सोही ठाउँ बसोबास गर्दै आएका १९ वर्षीय दावा योञ्जन रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए। उनीहरूले झोलामा लुकाइछिपाई लागू औषध बोकेको अवस्थामा प्रहरीले फेला परेको हो ।

उनीहरूको साथबाट ट्रामोडोल ५० एमजी ३०० पिस, नाइट्राजेपाम ट्याब्लेट १० एमजीको १४० पिस ,नेट्जेकेयर १० एमजी ५ पिस, नुफिन इन्जेक्सन  १ थान, डाइजेपाम  १ थान, फेनेरगन १ थान बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार