अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २२, आईतवार १४:०६

दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि आठै टोलीले खेलाडी रिटेन सकेका छन्। पाँच टोलीले ६-६ खेलाडी रिटेन गर्दा तीन टोलीले ७-७ खेलाडी टोलीमा राखेका छन्। आठ टोलीमा कुल ५१ खेलाडी रिटेन भएका छन्।

 

अघिल्लो सिजन खेलेका कम्तिमा ४५ खेलाडी भने रिलिज भएका छन्। टोलीबाट बाहिरिएका यी खेलाडीका लागि मिनि अक्सनबाट दोस्रो सिजनको नेपाल प्रिमियर खेल्ने बाटो भने खुला नै छ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको लागि मिनि अक्सन अगस्टमा गर्ने जनाएको छ। यस्तै दोस्रो सिजनको लिग आगामी नोभेम्बरमा गर्ने क्यानको तयारी छ।

 

अगस्टमा मिनि अक्सन गरेपछि यो सिजनका लागि टोलीले विदेशी खेलाडी कस्ता ल्याउने भन्ने बाटो खुला हुनेछ। टोलीहरुले कम्तिमा ४ र बढीमा ६ विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन्। प्लेइङ-११ मा ४ विदेशी खेलाडी मात्र खेल्न पाउनेछन्।

 

एक टोलीमा कम्तिमा पनि १२ नेपाली खेलाडी हुनेछन्। जसमा रिटेन भएका बाहेक खेलाडी मिनिअक्सनबाट भित्र्याइनेछ। यो अवस्थमा अब तीन टोलीले कम्तिमा ५-५ नेपाली खेलाडी र पाँच टोलीले कम्तिमा ६-६ नेपाली खेलाडी टोलीमा आबद्ध गर्नेछन्।

 

को को खेलाडी भए रिटेन र रिलिज?

 

विराटनगर किंग्स

रिटेन : सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट।

रिलिज : राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, मृनाल गुरुङ, सुजन थपलिया।

 

जनकपुर बोल्ट्स

रिटेन : आसिफ शेख (मार्की), अनिलकुमार साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसाकार, तुलबहादुर थापा।

रिलिज : हेमन्त धामी, मयन यादव, विशाल सुस्लिङ, आकाश त्रिपाठी, अरनिको यादव र शेर मल्ल।

 

काठमाडौं गोर्खाज

रिटेन : करण केसी (मार्की), भीम सार्की, शाहब अलाम, दिपेश कँडेल, रशिद खान र प्रतिक श्रेष्ठ।

रिलिज : शंकर राना, ‍सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, राजु रिजाल र कृष कार्की।

 

चितवन राइनोज

रिटेन : कुशल मल्ल (मार्की), रिजन ढकाल, दिपक बोहरा, अमरसिंह रटेउला, कमलसिंह ऐरी र गौतम केसी

रिलिज : विपिन रावल, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेषवाकर।

 

पोखरा एभेन्जर्स

रिटेन : कुशल भुर्तेल (मार्की), दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, विपिन खत्री, आकाश चन्द, त्रृतराज दास।

रिलिज : नारायण जोशी, दिलीप नाथ, सुनाम गौतम, अमृत गुरुङ, सुदिप आर्याल।

 

लुम्बिनी लायन्स

रिटेन : रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम।

रिलिज : सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्री र आरिफ खान।

 

कर्णाली याक्स

रिटेन : सोमपाल कामी (मार्की), गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरी।

रिलिज : मौसम ढकाल, देव खनाल, रित गौतम, भुवन कार्की र दिपक डुम्रे।

 

सुदूरपश्चिम रोयल्स

रिटेन : दीपेन्द्रसिंह ऐरी (मार्की), विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद।

रिलिज : अर्जुन कुमाल, नरेश बुढाऐर, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री।

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार