अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २१, शनिबार १३:४८

जनकपुरधाम ।
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणमा नेकपा एमालेका शीर्ष नेताहरूले अवरोध गरिरहेको आरोप लगाउनु भएको छ । उहाँले एमाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध गरिरहेको आरोप समेत उहाँले लगाउनुभयो ।
धनुषा क्षेत्र नम्बर ३ बाट एमालेकी जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रहेका छन् ।

नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता निधिले कांग्रेसका तत्कालीन मन्त्री महन्थ ठाकुरको नेतृत्वमा विश्वविद्यालय स्थापनार्थ कार्यदल गठन भएको स्मरण गर्नुभयो । विश्वविद्यालय स्थापनका लागि ठाकुरले खेलेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

विश्वविद्यालय स्थापनाका लागि प्रयास सुरू गर्दा जनकपुरधामकै केही वुद्धिजीविहरूले विरोध गरेको उल्लेख गर्दै उहाँले धेरै उतारचढावका बाबजुद सम्भव भएको जिकिर गर्नुभयो े।

निधिले संसद विघटन भएको अवस्थामा आफू शिक्षामन्त्री छँदा अध्यादेशमार्फत राजर्षिजनक विश्वविद्यालय स्थापनाका लागि कानुन बनाएको उल्लेख गर्नुभयो ।

नेपाल सरकारको स्वामित्वमा सञ्चालन हुने भनेर ऐनमै उल्लेख भएको राजर्षिजनक विश्वविद्यालयमात्र रहेको जानकारी दिनुभयो । जनकपुरधामस्थि राराब क्याम्पसका प्राध्यापकहरूले दिएका सुझावअनुसार राजर्षिजनक विश्वविद्यालयको ऐन बनाइएको उहाँले बताउनुभयो । राराब क्याम्पस आधार क्याम्पस हुने भनेर राजर्षि विश्वविद्यालयको ऐनमै उल्लेख भए पनि हालसम्म यसअन्तर्गत आउन नसक्नु दुःखद रहेको निधिले बताउनुभयो ।

संसदबाट राजर्षि विश्वविद्यालय स्थापनाको निर्णय हुँदा मुलुकमा प्रजातन्त्र बहाली भएजस्तै आफूलाई खुसी लागेको उहाँले जानकारी दिनुभयो ।

सुरूमा मुजेलियामै विश्वविद्यालयको मुख्य कार्यालय स्थापना गर्ने प्रयास गरिए पनि त्यहाँ विभिन्न कार्यालयहरू रहेकाले सम्भव हुन नसकेको बताउँदै उहाँले भन्नुभयो – मुजेलियामा सम्भव नभएपछि विश्वविद्यालय भवन निर्माणका लागि हाल नगराईन नगरपालिकाको फुलगामास्थित मनिहारीमा गुठी अधिनस्त जग्गा छुट्याइएको छ ।

जनकपुरधाम–८ मा भाडाको घरमा सञ्चालन भइरहेको विश्वविद्यालयको आफ्नै भवन बनाउन केही अघि गुठी संस्थानसँग सम्झौता भएको छ ।

विश्वविद्यालय व्यवस्थापन र गुठी संस्थान केन्द्रीय कार्यालयबीच भवन निर्माणका लागि गत वर्ष सम्झौता भएको हो । वार्षिक पाँच लाख रुपैयाँ केन्द्रीय गुठी संस्थानलाई तिर्नेगरी विश्वविद्यालय भवन निर्माणका लागि मनिहारीमा ९ बिघा १४ कठ्ठा १३ धुर जग्गा प्राप्त गर्ने सम्झौता छ । आठ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ, तर राजनीतिक कारणले कार्यान्वयनमा ढिलाइ भइरहेको छ ।
युनियनका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको सो सम्मेलनमा पूर्व मन्त्री रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका अध्यक्ष योगेन्द्र पजियार, नेता कन्हैया कर्ण सहितको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार