अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २१, शनिबार १२:०९

जनकपुरधाम ।

धनुषाको जनकपुरधाममा रहेको मणिमण्डप स्थित नयाँ राम जानकी विवाह मण्डपको निर्माण कार्य अन्तर्गत पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको छ । नव निर्मित विवाह मण्डपले धार्मिक पर्यटनको संभावना बलियो बनाउने अपेक्षा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ मा रहेको मणिमण्डपमा नयाँ विवाह मण्डपको निर्माण कार्य सम्पन्न गरेर संघीय शहरी भवन निर्माण कार्यालय धनुषाले हस्तान्तरण गर्ने तयारी गरेको छ । ४ विघा क्षेत्रफलमा फैलिएको विवाहमण्डपमा नयाँ आकर्षक भवनहरुको निर्माण भईरहेको देखेर स्थानीय हर्षित छन् ।

शहरी विकास मन्त्रालयको ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत २०७५ मंसिर २४ गते रविना कन्स्ट्रक्सनले १८ करोड ९१ लाख ५१ हजार ४ सय ६० रुपैयाँमा ठेक्का लिएको उक्त भवन निर्माण कार्य अन्तिम चरणमा पुर्याएको संघीय शहरी भवन निर्माण कार्यालय धनुषाका प्रमुख विनोद यादवले जानकारी दिए । कार्यालयका अनुसार मणिमण्डपको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भईसकेको छ । साउन पहिलो साता उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको हो ।

मण्डपकै छेउमा मिथिला क्षेत्रको झल्को दिनेगरी राजा जनकको दुई तले दरबारको निर्माण पनि गरिएको छ । शुरुमा विवाहमण्डपको जग्गाको विषयलाई लिएर विवाद हुँदा भवन निर्माणको कार्य सम्झौता भएको एक वर्षपछि मात्रै शुरु भएको थियो । जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाहपञ्चमी तथा सामूहिक विवाह कार्यक्रमकालागि बेहुला पक्ष, बेहुली पक्ष तथा जन्तीकालागि बेग्लाबेग्लै भवनहरु निर्माण गरिएको छ ।

जनकपुरधाममा रहेको प्राचिन रामजानकी विवाहको वेदीको छेउमै भवनहरु निर्माण गरिँदा पर्यटकीय दृष्टिकोणले आझेलमा पर्दै गईरहेको यो स्थलको प्रचार प्रसार हुनुका साथै पर्यटकीय चहलपहल बढ्ने स्थानीयको विश्वास छ ।

मणिमण्डपको पहिलो चरणको निर्माण कार्यक्रम अन्तिम चरणमा पुगेपछि दोस्रो चरणकालागि समेत बजेट छुट्याइएको संघीय शहरी भवन निर्माण कार्यालय धनुषाले जनाएको छ । त्यस्तै सोही ठेक्कामा जनकपुरधाम वडा नम्बर ९ स्थित रामजानकी मन्दिर, अग्निकुण्डमा हनुमान मन्दिर, चित्रगुप्त सेवा समितिको भवन र मणिमण्प नजिकैको पोखरीको सौन्दर्यीकरण समेत गरिनेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार