अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १९, बिहीबार १२:४०

नेपाल एसिसी मेन्स इस्ट जोन कप २०२५  को उपाधि नजिक पुगेको छ। सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा नटआउट ५९ रन बनाए भने शिवान्स बजागाइँले २२ बलमा ५ चौका प्रहार गर्दै नटआउट २३ रन बनाए। प्रसिद्ध जैशी भने २ रनमा आउट भएका थिए।

त्यसअघि क्वालालम्पुरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भयो। मलेसियाका लागि मुहमद फतुल मुहिनले ३८ रन बनाए। अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालका अभय यादवले ४ विकेट लिए। उनले १० ओभरमा १५ रन खर्चिए।   शुभम् खनालले ३ विकेट लिन सफल भए भने सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माको नाममा १-१ विकेट रह्यो।

अर्को सेमिफाइनलमा सिंगापुर र हङकङबीच खेल भइरहेको छ। प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।

यसअघि नेपालले समूह चरणमा लगातार चार खेलमा जित निकालेर समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार