अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १९, बिहीबार १२:३५

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गी फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा यसको संक्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे।

उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गी  संक्रमण बढ्ने उच्च जोखिम छ। उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेङ्गी संक्रमण पुष्टि भएको बताए। उनले बिरामीमा लक्षण नदेखिने, डेङ्गी परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले संक्रमणको तथ्यांक कम देखिएको बताए।

उनले डेङ्गी संक्रमण बढ्ने अनुमान गरी आवयक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए। उनले डेङ्गी नियन्त्रणका लागि सबैभन्दा ठूलो भूमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार