अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १९, बिहीबार १२:३३

एजेन्सी ।
प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले आउँदो बुधबार थप ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यो पछिल्लो महिनाहरूमा गरिएको तेस्रो चरणको छंटनी हो, जुन कम्पनीका कुल जनशक्तिको ४ प्रतिशतभन्दा कम हो ।
सीएनएनका अनुसार सन् २०२३ मा १० हजार कर्मचारी हटाइसकेको माइक्रोसफ्टको यो पछिल्लो ठूलो छंटनी हो । यसअघि मे महिनामा पनि कम्पनीले करिब ७ हजार जनशक्ति घटाएको थियो ।
कम्पनीका प्रवक्ताले जारी वक्तव्यमा बताएअनुसार यो निर्णय गतिशील बजारमा माइक्रोसफ्टलाई प्रतिस्पर्धी बनाउन र संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लिइएको हो । उनीहरूले भने, ‘हामी कम्पनीलाई दीर्घकालीन सफलता सुनिश्चित गर्न आवश्यक संगठनात्मक परिवर्तन गरिरहेका छौं ।’
हाल कम्पनीले प्रशासनिक संरचना घटाउँदै एआई जस्ता प्रविधिको प्रयोगमार्फत कर्मचारीको उत्पादकता बढाउने रणनीति अपनाएको छ । यद्यपि यसपटकको छंटनीमा एआईको प्रत्यक्ष भूमिका कति छ भन्ने खुलाइएको छैन ।
माइक्रोसफ्टका सीईओ सत्य नडेलाका अनुसार हाल कम्पनीको २०–३० प्रतिशत कोड एआईबाट निर्माण भइरहेको छ, र त्यसको पूर्वाधारमा अर्बौं डलर लगानी गरिँदैछ ।
एक्सबक्स प्रमुख फिल स्पेन्सरले पनि आन्तरिक नोटमार्फत आफ्नो विभागका केही टिम प्रभावित हुने जानकारी दिएका छन् । ब्लुमबर्गको रिपोर्टअनुसार यसपटकको कटौती विशेषगरी बिक्री तथा एक्सबक्स टोली केन्द्रित हुनेछ ।
सन् २०२४ को जुलाईसम्म माइक्रोसफ्टमा २ लाख २८ हजार कर्मचारी कार्यरत थिए । कटौतीको समाचार सार्वजनिक भएपनि कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार