अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १८, बुधबार ११:३७

जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहको काकालाई उनकै ज्वाइँले हत्या गरेका छन् ।

नगरप्रमुख साहका काका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ रामपुर निवासी ७५ वर्षिय बासुदेव प्रसाद विमललाई उनकै ज्वाइँले हत्या गरेका हुन् । जनकपुरधाम २१ कुर्थाका बेचन महासेठले चक्कु प्रहार गरी हत्या गरेको बताइएको छ ।

बेचनले घरायसी विवादका कारण बासुदेवलाई घरमै चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते बासुदेवको अस्पताल ल्याउंदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना पश्चात आरोपित बेचन फरार छन ।

 

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक बरुणबहादुर सिंहले घटनाको विषयमा आज बिहान ९ बजे जानकारी प्राप्त भएको बताए । घटनामा मृतकको ज्वाइँको संलग्नता रहेको कुरा आईरहेको छ यद्यपि घटनामा कसको संलग्नता हो भन्ने विषयमा अहिले भन्न नसकिने तथा घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक सिंहले मोडेलखबरसंग कुरा गर्दै बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार