अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १७, मंगलवार १५:०७

जनकपुरधाम ।
महोत्तरीमा ६ वर्षीया बालिका गुलबसा खातुनको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका पतिपत्नी पाँच वर्षपछि पक्राउ परेका छन् ।
बालिकाको बलात्कारपछि हत्य भएको घटनामा अदालतबाट दोषी ठहर भएका भई फरार रहँदै आएका बर्दिबास–१४ का ६० वर्षीय राजकिशोर साह र उनकी ५१ वर्षीया पत्नी सुशिला देवी पक्राउ परेका हुन् । लामोसमयदेखि भारतमा लुकेर बस्दै आएका उनीहरुलाई नेपालमा आफन्तलाई भेट्न आएको मौकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुलाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । बालिका गुलवसा खातुनलाई घरबाट चकलेट किन्न भएको बेला २०७७ मंसिर ७ गते स्थानीय २६ वर्षीय अरुणकुमार साहले अपहरण गरेका थिए ।
त्यसपछि बालिकाको बलात्कारपछि हत्या भएको थियो । अरुणकुमार राजकिशोर शुशिलाका छोरा हुन् ।
सो घटनाको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा त्यतिबेला एक जनाको मृत्युसमेत भएको थियो । अरुणकुमारलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको भए पनि उनका बुवाआमा भने फरार थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार