अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १६, सोमबार १५:३६

सरकारले सहकारी संस्थाहरुको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारवाही र किनारा गर्न कर्जा असुली न्यायधिकरण गठन गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे सदस्य रहेको कर्जा असुली न्यायधिकरण गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले उक्त न्यायधिकरणका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरवन्दी स्वीकृत गरेको छ । बैठकले सावर्जनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूवसहसचिवहरु रोहित कुमार विसुवाल तथा थानेश्वर गौतमलाई नियुक्त गरेको छ । त्यस्तै बाँके डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपैया क्षतिपूर्ति वापत आर्थिक सहायता उपलव्ध गराउने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो । बैठकले प्रत्येक बर्ष असोज १५ गतेका दिनलाइ राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरेको छ भने राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार