अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १६, सोमबार १३:३१

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई ट्रक आपसमा ठोकिएका छन्।

एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक आइतबार साँझ आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुई ट्रक ठोकिँदा च्यापिएका एक चालकको ३ घण्टापछि उद्धार गरिएको छ।  स्टेरिङमा च्यापिका उनलाई ट्रकको झ्याल काटेर निकालिएको प्रहरीले जनाएको छ।

दुर्घटनमा चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय ट्रक चालक अरुण श्रेष्ठ घाइत भएका हुन्।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले  उनको उद्धार गरेको हो।

हेटौँडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै ट्रक सडकको वायाँतर्फको साईडमा पल्टिएर दुर्घटना भएका थिए।

दुर्घटनामा घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन्।

उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक सकुशल छन्। दुवै ट्रकमा चालकबाहेक अन्य यात्रु सवार नरहेका सशस्त्र प्रहरीले जनाएकाे छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार