अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १६, सोमबार १३:२३

सञ्जय मिश्रा
रौतहट १६ असार।
आफ्नै श्रीमतीको जघन्य हत्यागरी तिनबर्ष देखि फरार रहेका एकजना अभियुक्त लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका जघन्य हत्याका अभियुक्त ईशनाथ नगरपालिका  ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले न्युज कारखानालाई बताए ।

२०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे  ईशनाथ नगरपालिका  ४  मठीया टोलस्थित भगाई साहको गहुँको खेतमा २० वर्षीया युवतीको शव फेला परेको थियो।

मृतक युवतीको नाम श्रीमती चाँदनी मन्सुरी रहेको र उनको घाँटी सालले बेरिएको, मुखमा साल कोची जघन्य  हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

उक्त घटनामा संलग्न रहँदै फरार रहेका मृतकका श्रीमान फैयाद मियाँ मन्सुरीलाई प्रहरीले विशेष सूचनाका आधारमा गत १३  गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपककुमार राय द्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

मन्सुरले के कारणले आफ्नै श्रीमतीको हत्या गरेको बारे प्रहरीले खुलाएको छैन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार