अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १५, आईतवार १९:०७

संघीय निजामती सेवा विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आइतबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो ।

त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुप्ताले संघीय निजामती सेवाका कर्मचारीको वृत्ति विकास गरेर बढुवा रोकिएको अवस्थामा सरकारका लागि विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।

कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई बस्तुगत बताउने मापनसम्बन्धी प्रणालीको व्यवस्था गरेको उहाले बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक असार २३ गते बोलाइएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार