अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १५, आईतवार १९:०४

पाकिस्तानले खैबर पख्तुन्ख्वाका प्रान्तमा भएको आत्मघाती बम आक्रमणलाई भारत प्रायोजित आतंकवादीले गरेको आरोप लगाएको छ ।

उत्तरी बजिरिस्तान जिल्लाको मिर अलीमा रहेको खादी मार्केट क्षेत्रमा भएको आत्मघाती बम आक्रमणमा १३ पाकिस्तानी सैनिक मारिएका थिए । अन्य १० सैनिक कर्मचारी तथा १९ सर्वसाधारण घाइते भएका छन् । आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक गाडी सुरक्षा बलको गाडीसँग ठोक्काएपछि घटना घटेको बताइन्छ ।

पाकिस्तान सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक वक्तव्यमार्फत फित्ना–अल–खवारिज नामको भारतले प्रायोजन गरेको समूहले आक्रमण गराएको बताएको हो । त्यो समूह तहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बद्ध भएको वक्तव्यमा उल्लेख छ ।

तर, भारतीय विदेश मन्त्रालयले पाकिस्तानी सेनाले आपत्ति जनाएको छ । भारतले पाकिस्तानी आरोपलाई अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, “हामीले पाकिस्तानी सेनाको त्यो आधिकारिक वक्तव्य देखेका छौँ । जसमा २८ जुनमा बजिरिस्तानमा भएको हमलाका लागि भारतलाई जिम्मेवार ठहर्‍याइएको छ । हामी यसलाई पूर्णरूपमा अस्वीकार गर्छौं ।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार