अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १५, आईतवार ११:४३

२९ जिल्लामा बाढीमा मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाण्डौ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने नदी खोलाहरुमा आकश्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको पनि बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने तर बढ्ने पनि सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन जरुरी छ ।

बाढीको जोखिम रहेका ठाउँहरुका पहाडी तथा चुरे क्षेत्रका भिरालो र पहिरोग्रस्त क्षेत्रका बस्तीहरू, नदी किनार तथा खोला आसपासका बस्तीहरू, मुख्य तथा सहायक सडकको यातायात, जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना र कृषि क्षेत्र तथा सिँचाइ प्रणालीमा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरे

को छ ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार