अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १५, आईतवार ११:२८

लामो समयको आंशका तोड्दै माध्यमिक शिक्षा परिक्षा (एसईई) कायम राख्ने सहमति भएको छ । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षामा समेटेपछि कक्षा १० मा लिइने एसईईको अर्थ नरहने भएकाले खारेज गर्नुपर्ने चर्चाका बीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले कायम राख्ने सहमति गरेको हो ।

सिंहदरबारमा बसेको समिति बैठकले एसईई कायम राख्ने र यसको सञ्चालन प्रदेश स्तरबाट गर्ने सहमति जुटाएको छ । यस अघि उपसमितिले समितलाई बुझाएको प्रतिवेदनमा एसईई नराख्ने उल्लेख थियो ।

तर सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गर्नुभएपछि समितिले त्यसमा सहमति जुटाएको हो । अब समितिले एसईई प्रदेशबाट सञ्चालन गर्ने व्यवस्थासहितको विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउनेछ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार