अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १४, शनिबार १८:४२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् । शनिबार (असार १४) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टी आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यावहारिक र सांस्कृतिक विचलन देखिएको उनले उल्लेख गरे । कम्युनिस्ट पार्टीको सुरुआत अवस्थाको समर्पण भाव, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने प्रतिबद्धताअनुसार हाल आन्दोलन अघि नबढेको उनले बताए ।

हाल सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाड मछाड भइरहेको उनले टिप्पणी गरे । अध्यक्ष प्रचण्डले यही अवस्था चलिरहेमा कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
आजभोलि पार्टीमा, आन्दोलनमा धेरै नै किसिमका विचलनहरू सैद्धान्तिक, राजनीतिक पनि, व्यावहारिक, सांस्कृतिक पनि थुप्रै किसिमका विचलनहरू देखिन्छन् । हामीले जति बेला कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा – जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाड मछाड गरेको सबैतिर देखिन्छ । हाम्रो पार्टीले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो । हामी हाम्रो विचार, राजनैतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो, त्यस्तो भएन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार