अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १४, शनिबार १८:३३

बारा प्रहरीले भुसमा छोपेर लैजाँदै गरेको पिक अप भ्यानबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । शनिबार वीरगन्ज र बाराको सिमानामा रहेको गण्डक चोकबाट प्रहरीले २ क्विन्टल भन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।

गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–४ निवासी रवि कार्की, वडा नम्बर १२ निवासी वीरबहादुर मोक्तान तथा हेटौँडा १४ निवासी साजन मोक्तान र धादिङ खाक्रे गाउँपालिका निवासी महेश तामाङ रहेका छन् ।

प्रहरीको विशेष टोलीले बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअपबाट २ क्विन्टल १२ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डित बताए ।

उनका अनुसार गाँजा तस्करी भइरहेको भन्ने सूचना बमोजिम प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला परेको हो ।  प्रहरीले गाँजासहित पिक अप र बागमती प्रदेशको २–०२७ प २७०० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

बरामद गाँजा, पिक अप, मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बाराको हिरासतमा राखिएको उनले बताए ।  उनीहरूमाथि लागु औषध सम्बन्धीको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार