अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १३, शुक्रबार १५:२३

विदेशमा काम गर्ने नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई फरक मोबाइल एप सञ्चालनमा ल्याइएको छ । ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ नामक एपहरू हिजो छुट्टाछुट्टै कार्यक्रममार्फत सार्वजनिक गरिएका हुन् ।

‘श्रम संसार एप’ परराष्ट्र मन्त्रालयबाट सञ्चालनमा ल्याइएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । यस एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्छन् ।

यसले कुन देशमा कति नेपाली छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्नेछ । यस्तो विवरणले विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा दिन, समस्या परेमा तुरुन्तै उद्धार र समन्वय गर्न सरकारलाई सहज बनाउनेछ ।

परराष्ट्र मन्त्री राणाका अनुसार, सूचना नहुँदा गएका वर्षहरुमा धेरै नेपाली ठगिएका, समस्यामा परेका र गुनासा मन्त्रालयमा आउने गरेका थिए । अब एपको प्रयोगले यस्ता समस्या हट्न सहयोग पुग्नेछ । यस्तै कोरिया सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूलाई आवश्यक सूचना सजिलै दिन ‘हामी मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एप कोरिया सरकारको आर्थिक सहयोगमा तयार पारिएको हो ।

नेपाल सरकारको श्रम मन्त्रालयसँगको सहकार्यमा यो एप सञ्चालन हुनेछ । श्रममन्त्री शरतसिंह भण्डारीले एप सार्वजनिक गर्दै सरकारले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगबाट पारदर्शिता र नीतिगत सुधार गर्न चाहेको बताउनुभयो । ‘हामी मोबाइल एप’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिनेछ । एपमा सीप विकास, वित्तीय योजना, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी तथा स्रोतहरू राखिएको छ ।

कोरियन दूतावासका अनुसार, कोरियामा रोजगारका लागि जानुअघि, त्यहाँ कार्यरत रहँदा र फर्किएपछि समेत यो एपले नेपाली श्रमिकलाई सहयोग पुर्‍याउनेछ । साथै, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार