अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १३, शुक्रबार १३:३२

ललितपुर । राजस्व अनुसन्धान विभागले ११ महिनाको अवधिमा १६० जना प्रतिवादीहरुविरुद्ध ४८ वटा अभियोगपत्र दायर गरेको छ। महानिर्देशक चण्डी प्रसाद घिमिरेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्व चुहावट नियन्त्रणका क्रममा सो मुद्दा दायर गरिएको जानकारी दिए । घिमिरेले भने १० महिना विभागमा महानिर्देशकको कार्यकाल पूरा गरेका छन् ।

 

उनका अनुसार विभागले आ.व.२०८१/८२ को जेठ मसान्तसम्म ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदावी सहित उच्च अदालतमा अभियोगपत्र दायर गरेको छ। योमध्ये २ अर्ब ५९ करोड रुपैयाँ विगो र सोही बराबरको जरिवाना समावेश छ।

 

भन्सार चोरी पैठारी, ट्रान्सपोर्टमार्फत ढुवानी भएका सामग्रीहरूमा अनियमितता, मूल्याङ्कन र वर्गीकरणमा गडबडीजस्ता विषयमा गरिएको आकस्मिक निरीक्षणबाट १ अर्ब १६ करोड रुपैयाँ धरौटी माग गरिएको छ। धरौटी रकममध्ये ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व तथा भन्सार विभागमा असुल गर्न लेखी पठाइएको विभागले जनाएको छ।

 

विभागले अनुसन्धान र तहकिकातका क्रममा पूर्ण रूपमा तथ्यमा आधारित सूचनाको स्क्रिनिङ गर्दै वस्तुनिष्ठ र तथ्यमा आधारित प्रक्रिया अपनाउँदै आएको जनाएको छ। यसैगरी विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धानमा १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दायर गरिएकाले ५ अर्ब रुपैयाँभन्दा बढीको मागदावी दर्ता गरि

एको छ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार