अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १२, बिहीबार १६:५०

जनकपुरधाम ।
मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सचिवालयले १२ बजेमै सूचना जारी गरी स्थगित गरेको हो ।
बुधबार मात्रै सुरु भएको बजेट छलफलमा प्रतिपक्षी दलका रामआशिष यादव र सत्तारुढ दलकी रमिता प्रधान मात्र सहभागी भएका थिए । अन्य सांसदको सहभागिता नदेखिएपछि सभामुख रामचन्द्र मण्डलले रेडबुकको अध्ययन नभएको भन्दै बैठक बिहीबार १ बजेसम्मका लागि स्थगित गरेका थिए । पहिलो दिनको बैठक जम्मा २३ मिनेट २१ सेकेन्ड मात्रै चलेको थियो ।
यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार २२ गतेसम्मका लागि कार्यसूची तय गरिसकेको थियो । तर, सभामुख मण्डलले अचानक अनिश्चितकालका लागि बैठक स्थगित गरेपछि विभिन्न दलबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादवले सभामुख सरकारको कठपुतली बनेको आरोप लगाउँदै अब हुने बजेट छलफल बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनले बजेटमा बिचौलियालाई प्राथमिकता दिइएको गुनासोसमेत गरेका छन् ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले संसदलाई कसैको इसारामा बन्दी बनाइएको आरोप लगाउँदै सभामुख र सरकारको शैलीप्रति आपत्ति जनाएका छन् । ‘नियमित सत्र रोकिन सक्दैन,’ पटेलले भने, ‘अधिवेशन सुरु र अन्त्य गर्ने अधिकार मात्र सरकारसँग हुन्छ ।’
जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले बजेट छलफल बहिष्कार गर्ने तयारी गरेको जनाइएको छ । यसले मधेश प्रदेशको बजेट प्रक्रिया थप अन्योलमा पर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार