अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ११, बुधबार ०८:४८

मिथिला विहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ८२ लाख ७ हजार ८ सय ८३ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

नगरप्रमुख राजेन्द्र प्रसाद यादवले मंगलबार नगरसभामा ‘कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यमा सुधार ः समावेशी सूचना प्रविधिले समृद्धिको आधार’ मूल नारासहित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड ४६ लाख, सशर्त अनुदान १८ करोड ६ लाख, राजस्व बाँडफाँड ९ करोड ५९ लाख २७ हजार ४२३, विशेष अनुदान ६८ लाख र सम्पूरक अनुदान २ करोड ९३ लाख रुपैयाँ आयको रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानतर्फ वित्तीय समानीकरणमा ७२ लाख ५३ हजार, राजस्व बाँडफाँडमा ५७ लाख २७ हजार ४६० रुपैयाँ र आन्तरिक स्रोततर्फ ६० लाख राजस्व, संचित कोषमा मौज्दात ५० लाख, पोखरी बजार ठेक्का २५ लाख र मालपोत तथा घरजग्गा दर्ताबाट ४५ लाख रुपैयाँ आयको अनुमान गरिएको छ।

व्यय पक्षमा नगरस्तरीय, वडास्तरीय, पूँजीगत, चालु, विषयगत शाखा तथा योजनाहरूका लागि २३ करोड १५ लाख ७ हजार ८ सय ८३ रुपैयाँ विनियोजन गरिएको छ। सशर्त कार्यक्रमहरूमा १८ करोड ६ लाख, सम्पूरक खर्चतर्फ २ करोड ९३ लाख र विशेष खर्चमा ६८ लाख रुपैयाँ छुट् याइएको छ।

नगरपालिकाले बजेटमा कृषि, सहकारी तथा पशुपंक्षी विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र डिजिटल शासन, पर्यटन प्रवद्र्धन, आर्थिक विकास, जनसंख्या तथा सामाजिक समावेशिकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, खानेपानी तथा सरसफाइमा विशेष जोड दिएको छ। कार्यक्रममा उपप्रमुख शोभादेवी साहले आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृतसहित सबै वडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार