अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ११, बुधबार ०८:४६

जनकपुरधाम ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जनाएको हो।

कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरणसमेत सार्वजनिक गरेको छ।

टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ।

त्यसैगरि जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अल स्टार आईटी सोलुसन्स प्रालि लगायतबाट एसएमएसको माध्यमबाट पनि नजिताको जानकारी पाइनेछ।

हेर्नुहोस् सूचना 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार