अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ९, सोमबार १५:५७

एजेन्सी ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले हत्याको डरले सबै इलेक्ट्रोनिक सञ्चार बन्द गरेका छन् । उनी हाल आफ्नो ‘विश्वसनीय सहयोगी’मार्फत इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का शीर्ष सैन्य कमान्डरहरूसँग कुरा गरिरहेका छन् ।
यो दाबी न्युयोर्क टाइम्सले तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै गरेको हो ।
इजरायलले पहिले नै खामेनी पनि बाँकी नरहने धम्की दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनीलाई यो सम्पूर्ण द्वन्द्वको जड ठानेका छन् । अर्कातर्फ अमेरिकाले पनि खामेनीलाई खोजिरहेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको दुई दिनअघि भनेका थिए, ‘हामीलाई थाहा छ– इरानका सर्वोच्च नेता कहाँ लुकेका छन् । तर हामी अहिले नै उनलाई मार्दैनाौँ । ’ खामेनी हत्याको डरले अत्यन्तै सुरक्षित बंकरमा लुकिरहेको रिपोर्ट पनि आइरहेको छ ।
न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा खामेनीले आफ्नो हत्या हुने आशंकामा तीन वरिष्ठ धर्मगुरुलाई आफ्नो उत्तराधिकारीका रूपमा नाम दिएको उल्लेख गरेको छ । तीमध्ये एक जनालाई आफ्नो उत्तराधिकारी बनाउन सर्वोच्च नेता नियुक्त गर्ने जिम्मेवारी पाएको इरानको विशेषज्ञहरूको सभालाई उनले निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार