अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ८, आईतवार १६:५३

एजेन्सी ।
इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन् ।
अमेरिकासँग इरानबीचको आणविक वार्तामा मध्यस्थता गरेका ओमानले यसबारेमा प्रतिक्रिया दिएको छ । ‘यो अवैध आक्रमणकोको निन्दा गर्छौँ’, ओमानले भनेको छ, ‘तत्कालै व्यापकस्तरमा तनाव न्यूनीकरण गर्नु आवश्यक छ ।’
ओमानको सरकारी समाचार संस्था ओमान न्युज एजेन्सीले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘यो आक्रमणलाई लिएर ओमान सरकार गम्भीर चिन्तित छ । अमेरिकी कदमले द्वन्द्वलाई झनै चर्काउने खतरा पैदा भएको छ । यो कार्य अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको खुला उल्लंघन हो ।’
उता कतारले अमेरिकी आक्रमणपछि उत्पन्न खतरनाक तनावले क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै तहमा विनाशकारी परिणाम ल्याउने चेतावनी दिएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वर्तमान अवस्थाको झनै बिग्रँदो स्थितिप्रति खेद व्यक्त गरिएको छ । सबै सैन्य कारबाही तुरुन्त रोक्न, संवाद र कूटनीतिक माध्यममा फर्कन पनि कतारले जोड दिएको छ ।
इराकले इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको विषयमा गहिरो चिन्ता जनाउँदै निन्दा गरेको छ । यस्तो सैन्य कारबाहीले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी कतारले दिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार