अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ८, आईतवार १६:५२

काठमाडौँ ।
नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये ३७ वटा मुलुकसँग व्यापार नाफा र १२४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटाको अवस्था छ ।
चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानबाट चार करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँको वस्तु अफगानिस्तान निर्यात गरेको थियो ।
त्यस्तै; नेपालले डेनमार्क, रसिया फेडेरेसन, रोमानिया, लाओ पिपल्स डेमोक्य्राटिक, आइसल्यान्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोयसिया लगायतका ३७ वटा मुलकमा नाफाको वैदेशिक व्यापार गरेको छ ।
तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालबाट अफगानिस्तानमा डोजरसँग सम्बन्धित सामग्री र औषधिजन्य सामग्री निर्यात भएको छ । त्यस्तै, डेनमार्कमा क्रिसमस पर्वमा प्रयोग हुने सजावटका सामग्री, विभिन्न प्रकारका कपडा, जुत्ता लगायतका सामग्री निर्यात भएका छन् ।
समीक्षा अवधिमा नेपालले डेनमार्कबाट ३५ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने ६२ करोड ७२ लाख ७४ लाख रुपैयाँ बराबरको वस्तु सो देशमा निर्यात गरेको थियो ।
साथै, नेपालले तेस्रो फाइदाको व्यापार गरेको मुलुक रसियन फेडेरेसनमा यहाँबाट चिया, कार्पेट लगायतका वस्तु निर्यात भएका छन् । नेपालले समीक्षा अवधिमा रसियन फेडेरेसनबाट १० करोड ५२ लाख २४ हजार रुपैयाँको विभिन्न वस्तु आयात गरेको थियो भने १७ करोड ७३ लाख एक हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।
१२४ मुलुकसँग व्यापार घाटा
समीक्षा अवधिमा नेपालले गरेको वैदेशिक व्यापारमध्ये सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । साथै, नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार आयात र निर्यात दुवै पक्ष पनि भारतसँग नै रहेको छ ।
समीक्षा अवधिमा नेपालले भारतमा दुई खर्ब ८९ करोड ८१ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । सोही अवधिमा नेपालले भारतबाट नौ खर्ब ७७ अर्ब १३ करोड ८० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । समीक्षा अवधिमा नेपालको भारतसँगको व्यापार घाटा सात खर्ब ७६ अर्ब २३ करोड ९९ लाख ५० हजार रुपैयाँ रह्यो ।
त्यस्तै, ११ महिनाको अवधिमा नेपालको दोस्रो ठूलो व्यापार घाटा छिमेकी मुलुक चीनसँग रहेको छ । सो अवधिमा नेपालमा चीनबाट तीन खर्ब १४ अर्ब ५७ लाख ५६ करोड ९७ हजार रुपैयाँको वस्तु आयात भएको छ भने सोही अवधिमा नेपालबाट चीनमा दुई अर्ब ४८ करोड १७ लाख २४ हजार रुपैयाँ मात्रै वस्तु निर्यात भएको छ ।
त्यस्तै, नेपालको धेरै वैदेशिक व्यापार घाटा हुने मुलुकहरूमा अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्स, अष्ट्रेलिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, ब्राजिल लगायतका मुलुकहरू रहेका छन् ।
समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल, सोयाबिन तेल र त्यसको कच्चापदार्थ, पेट्रोल, ग्यास, फलाम, औषधिजन्य सामग्री, स्मार्टफोन लगायतका वस्तु आयात भएका छन् ।
त्यस्तै, निर्याततर्फ भने सोयाबिन तेल र कच्चापदार्थ, सुर्यमुखी तेल, कार्पेट, अलैँची लगायतका वस्तु रहेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार