अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ८, आईतवार १४:४०

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ ।

बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे ।

‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।

सत्ताधारी सांसदले अमरेशमाथि कारबाहीको माग गरेपछि सभामुखले सिंहको उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार