अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ८, आईतवार ११:५४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआएर थप आक्रमण गर्ने चेतावनी दिनुभएको छ । आज विशेष सम्बोधनमार्फत उहाँले शान्ति कायम गर्न इरानलाई तत्काल वार्तामा आउन आग्रह गर्नुभयो ।

इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी हवाई आक्रमणमा इरानको फोर्दो, नतान्ज र इस्फहान जस्ता प्रमुख परमाणु संरचना लक्षित थियो । इरानका अन्य ठाउँहरू अझै निशानामा रहेको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । उहाँले इरानले अब शान्तिको मार्ग रोज्नुपर्ने भन्दै, त्यसो नगरे अझै ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभयो ।

पछिल्लो घटनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । यस्तै इरानको परमाणु ऊर्जा सङ्गठनले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दासहित विरोध गरेको छ । सङ्गठनले एक विज्ञप्ति निकालेर अमेरिकाको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको बीबीसीले जनाएको छ । इरानले अन्तर्राष्ट्रिय समुदायलाई यस्ता आक्रमणको भत्र्सना गर्न र इरानको पक्षमा उभिन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार