अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ८, आईतवार ११:०५

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि शुरु भएको छ ।

जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार शुरु भएको बैठक आइतबारसम्म चल्ने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् । प्रवक्ता सुमनले बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा भएको बताए ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवादका बारेमा जानकारी गराएको बताए । जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । सर्वोच्चमा पुगेको विवाद र अन्य पार्टीसँगको समन्वयमा सामान्य चर्चा गरिएको प्रवक्ता सुमनले बताए । प्रवक्ता सुमनले भने, ‘बैठकमा कार्यकारिणी पदाधिकारीले आ–आफ्नो जिम्मेवारी बारेमा समीक्षा गरे ।

बैठकमा सम्पन्न भएका पार्टीको अधिकांश जिल्ला, वडा, नगरपालिका, गाउँपालिका समितिहरू र शुभेच्छुक संस्थाहरूको अधिवेशनको समीक्षा भयो । सातवटै प्रदेशमा अधिवेशन गर्नका लागि निर्देशिका निकालिएको छ । जसमा भाद्र मसान्तसम्मा सबै अधिवेशन सक्ने गरी निर्देशिका निकालिएको छ । त्यसमा पनि छलफल भयो । आजको बैठकमा निर्वाचन आयोगमा चलिरहेको विवाद, सर्वोच्चमा भइरहेको विवाद र अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे अध्यक्षज्यूले सामान्य चर्चा गर्नुभयो । बैठक भोलि सकिन्छ ।’ उनले बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक गतिविधिसँगै अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे सामान्य चर्चा गरेका छन् ।उनले भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश हुने बारेमा पनि बैठकमा छलफल हुने बताए । सो विधेयक नल्याउने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरिएको थियो । तर पनि छलेर प्रधानमन्त्री ओलीले सो विधेयक घुमाउरो ढंगले ल्याएकोमा भूमि विधेयकमाथि पनि गम्भीर छलफल हुने प्रवक्ता सुमनले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार