अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार १२:०२

पश्चिमका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी परेपछि बाँके र बर्दियामा पर्ने बबई र कर्णाली तथा पाल्पा र बागलुङको नारायणी नदीमा बाढी आएको छ । बर्दियाको दौलतपुर, बर्गादही, राम्भापुर, रानीजरुवा र  कुम्रा गाउँमा ठूलो पानी परेकाले ती क्षेत्रका मुख्य नदी लगायत ती क्षेत्र भई बहने खोलाहरूमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाँके, गोरखा, लमजुङ्ग, कास्की, पर्वत, पाल्पा, बागलुङ्ग लगायत आसपासको क्षेत्रहरुमा मध्यमदेखि ठूलो पानी परेकाले त्यस क्षेत्रका नदी र खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कोशी र मधेस प्रदेशका तराईका भू–भागहरुका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार