अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार ०८:०९

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको दिल्लीतर्फ लैजाँदै गरेका एकजना मुस्लिम युवकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ ।

केही दिन अघि काठमाण्डुबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । शेख आलम हिन्दु बनेर स्टार मेकर एपमा साथी बनाएर सो नाबालिकसंग विवाह गर्ने राम्रो जागिर लगाइदिने प्रलोभन देखाइ दिल्ली लगिरहेको क्रममा पक्राउ गरिएको बताइएको छ ।

नेपालको प्रमुख आर्थिक नगरी वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौल सीमानाकामा भारतीय सीमासुरक्षा बल (एसएसबी) जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा उक्त १३ वर्षीया नेपाली किशोरी सहित मानव तस्कर आलमलाई पक्राउ गरेको छ ।

दिल्लीमा जागिर र विवाहको झुटो प्रलोभन देखाउने युवक भारत बिहार राज्यको पूर्वी चम्पारणका शेख रिजवान आलमले तस्करी गर्न लागेको एसएसविले बताएको छ । रक्सौल कस्टम नजिकै पहाडे मूलकी केटी र मधेशी मूलको केटा देखेपछि शङ्का लागेर संयुक टोलीले खोजतलास गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको हो ।

स्टार मेकर एपमार्फत आलमसँग मित्रता भएपछि प्रेम सम्बन्धमा परिणत भएको नाबालिकाले खुलासा गरिन् । रिजवानले उनलाई दुई पटक काठमाण्डुमा भेटेका थिए । भारतीय मानव तस्करी रोधी इकाईले किशोरीलाई सुरक्षित राखी आलमलाई आवशयक कारबाहीको लागि रक्सौल स्थित हरैया थानामा बुझाएको छ ।

हरैया थानामा रिजवान माथि एफआईआर दर्ता भइ अनुसन्धान जारी रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन् । उनले यस्ता घटना रोक्न सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीलाई चनाखो हुन माइती नेपालले सुझाव दिएको छ । पछिल्लो समय नेपाली बालिकालाई विभिन्न प्रलोभनमा पारी भारतको विभिन्न प्रान्तमा लैजाने घटना बढेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार