अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ६, शुक्रबार ०८:०३

सिरहामा युवतीले युवकमाथि छुरा प्रहार गरेकी छन् । जिल्लाको गोलबजार नगरपालिका–४ गोलबजारस्थित एक घरमा बिहीबार युवकमाथि छुरा प्रहार भएको हो ।

गोलबजार–२ की १७ वर्षीया अनिशा मण्डलको चक्कु प्रहारबाट गोलबजार–१३ का २४ वर्षीय अशोककुमार महतो घाइते भएका छन् । अशोक यहाँ कोठा भाडामा लिएर बस्दै आएका थिए । युवती ती युवकको कोठामा आएर केही समय बसेको र त्यसपछि घाँटीसहित शरीरका अन्य भागमा छुरा प्रहार गरेको सिरहा प्रहरीले जनाएको छ । युवकको गोलबजारस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा प्रहरीका अनुसार घरभित्र हल्लाखल्ला भएपछि स्थानीयहरू घरभित्र पस्दा युवती घरभित्रैको भ¥याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन् । उनको पनि शरीरमा चोट लागेको देखिएको र उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ । उनीहरूबीच प्रेम सम्बन्ध रहँदै आएको र भेटघाट हुँदै आएको देखेको स्थानीयवासीले जनाएको छ ।

यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार