अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ५, बिहीबार १९:४०

ढल्केबर, धनुषा । पर्यावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका नेपालका सचिनकुमार सिंहलाई भारतको प्रतिष्ठित डा. कलाम युथ रत्न अवार्ड २०२५ प्रदान गरिने भएको छ। भारतको राजस्थान अन्तर्राष्ट्रिय केन्द्र, जयपुरमा जुलाई २६ देखि २८ तारिखसम्म आयोजना हुने ‘कलाम युथ लिडरशीप कन्फरेन्स–२०२५’ मा उनलाई औपचारिक रूपमा सम्मान गरिनेछ ।

धनुषा जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनाका स्थायी बासिन्दा सचिनकुमार सिंह वातावरण विज्ञानका विद्यार्थी हुन् । उनले आफ्नो अध्ययन, ज्ञान र रुचिलाई व्यावहारिक जीवनमा उतार्दै मिथिला वाइल्डलाइफ ट्रस्टका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् । ट्रस्टको नेतृत्व गर्दै उनले तराई क्षेत्रका सामुदायिक वन तथा जैविक विविधताको संरक्षणमा विशेष योगदान पु¥याइरहेका छन् ।

सन् २०१८ देखि निरन्तर रुपमा पर्यावरण, वन्यजन्तु र जलवायु परिवर्तन सम्बन्धी चेतना अभिवृद्धि, संरक्षण अभियान र नीतिगत पहलमा सक्रिय रहेका सिंहको योगदान दिँदै आएका छन् ।

उनी आफ्नो टोलीसहित उनले विभिन्न गाउँहरूमा पुगेर स्थानीयलाई वन, पानी, माटो र वन्यजन्तु संरक्षणको महत्त्वबारे प्रशिक्षण दिने, सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा संरक्षण अभियानहरूमा प्रत्यक्ष सहभागी गराउने काम गर्दै आएका छन् ।

उनको यस्तो प्रयासले एकातर्फ तराई क्षेत्रका जंगलहरूमा हराउँदै गएको जैविक विविधता पुनःस्थापना गर्न सघाएको छ भने अर्कोतर्फ गाउँघरका मानिसहरूको दिगो जीविकोपार्जनको वैकल्पिक माध्यमसमेत सिर्जना गरेको छ । पर्यावरणसँग सम्बन्धित स्वदेशी ज्ञान, परम्परागत अभ्यास र आधुनिक विज्ञानको संयोजन गर्दै उनले वातावरण संरक्षणमा नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन् ।

सीमित साधन र स्रोतका बाबजुद उनले देखाएको जोश, दुरदर्शिता र समर्पण प्रेरणादायी छ । मिथिला क्षेत्रको पर्यावरणीय समृद्धि र वन्यजन्तु संरक्षणमा उनको योगदान एक आशाको किरण सावित भएको छ । स्थानीय बासिन्दा मात्र नभई संरक्षण विज्ञ, सरोकारवाला निकायहरू र नीति निर्माता समेत उनको कामबाट प्रभावित भएका छन् ।

डा. कलाम युथ रत्न अवार्ड २०२५ को मनोनयनमा पर्दै सिंहले आफूजस्ता युवा अभियन्ताका लागि यो सम्मान थप प्रेरणाको स्रोत हुने प्रतिक्रिया दिएका छन् । “यो पुरस्कार केवल मेरो नभई सिंगो मिथिला र नेपालका वातावरणप्रेमीहरूको हो,” उनले भनेका छन् ।

उनका यी प्रयासहरूले नजिकिँदै गरेको जलवायु संकटको सामना गर्नुपर्ने विश्वव्यापी चुनौतिलाई सम्बोधन गर्न पनि सघाउने विश्वास गरिएको छ । उनीजस्ता युवाको सक्रियता र पहलले नेपालमा वातावरण तथा जैविक विविधता संरक्षण अभियानलाई थप गति मिल्ने आशा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार