अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ५, बिहीबार १३:५४

नेपालको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब रूपैयाँ नाघेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८२ साल जेठ मसान्तसम्म देशको कुल सार्वजनिक ऋण यही स्तरमा पुगेको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ।

यही अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड ऋण तिर्ने काम भएको छ। कुल ऋणभार भने २ खर्ब २० अर्ब ५८ करोडले बढेको छ।

गत आर्थिक वर्षको अन्त्यमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब थियो। यस वर्ष वैशाख मसान्तसम्म २६ खर्ब २२ अर्ब पुगेको ऋण जेठमा थप वृद्धि भई २६ खर्ब ५४ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ।

यो ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड रहेको छ भने बाह्य ऋण १३ खर्ब ८२ अर्ब १२ करोड पुगेको छ।

आन्तरिक ऋण कुल गार्हस्थ उत्पादन (जिडिपी) को २२.३१ प्रतिशत र बाह्य ऋण २४.२३ प्रतिशत बराबर रहेको कार्यालयले जनाएको छ। कुल सार्वजनिक ऋण जिडिपीको ४३.४७ प्रतिशत बराबर पुगेको छ।

सरकारले चालु वर्षमा उठाउने लक्ष्य राखेको आन्तरिक ऋण मध्ये ९५.४५ प्रतिशत उठेको छ।

बाह्य ऋण लक्ष्यको ४५.७२ प्रतिशत मात्रै उठेको छ। उठेको कुल ऋणमा आन्तरिक ऋणको हिस्सा ७६.०५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा २३.९५ प्रतिशत मात्रै छ।

नेपाल सरकारले विदेशी मुद्रामा लिएको ऋण सोही मुद्रामा तिर्नुपर्ने व्यवस्था रहेकोले विनिमय दरमा आएको उतारचढावका कारण ऋणभार थपिएको देखिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार